Intro to Psychological First Aid
Intro to Psychological First Aid
Workshop with psychologist Prathama Raghavan (PhD)

These workshops are designed for photographers, journalists, volunteers, field staff and anyone engaging or preparing to engage with survivors and families who need psychosocial support in the aftermath of the recent Bhotekoshi flood disaster in Nepal.
The workshops are free and open to all. They will be conducted in Nepali and English.
Wednesday, September 2nd, 2026
Session 1 (In person)
Time: 10:00 am – 1:00pm (3 hours)
Venue: photo.circle Library, The Yellow House, Sanepa, Lalitpur
Session 2 (Online)
Time: 4:00pm – 6:00pm (2 hours)
Zoom link will be provided
Registration link: https://forms.gle/vZRXm2vvbqC3T1aW6
What is PFA?
Psychological First Aid (PFA) describes a humane, supportive response to a fellow human being who is suffering and who may need support.
PFA involves the following:
» providing practical care and support, which does not intrude
» assessing needs and concerns
» helping people to address basic needs (for example, food and water, information)
» listening to people, but not pressuring them to talk
» comforting people and helping them to feel calm
» helping people connect to information, services and social supports
» protecting people from further harm
It is also important to understand what PFA is not:
» It is not something that only professionals can do
» It is not professional counselling
» PFA does not necessarily involve a detailed discussion of the event that caused the distress
» It is not asking someone to analyse what happened to them or to put time and events in order
» Although PFA involves being available to listen to people’s stories, it is not about pressuring people to tell you their feelings and reactions to an event
___
About the Facilitator
Prathama Raghavan is a developmental psychologist and psychotherapist with over 17 years of experience. Her areas of engagement include disability & mental health, childhood and adolescence, school and community mental health in post disaster and conflict related contexts, self and collective care, social justice and trauma informed practices. She is trained in Narrative Practices, Somatic Practices and is an Eye Movement Desensitisation and Reprocessing (EMDR) practitioner. She has worked in the humanitarian mental health sector in conflict, refugee crisis and post disaster environments in many countries in Asia. Her work and life is informed by narrative and somatic practices, principles of disability justice, neurodiversity and transformative justice. She has a Masters and PhD from Université Paul-Valéry, France (2012) and a Master’s from Osmania University, Hyderabad.
___
When is PFA provided?
Although people may need access to help and support for a long time after an event, PFA is aimed at helping people who have been very recently affected by a crisis event. You can provide PFA when you first have contact with very distressed people. This is usually during or immediately after an event. However, it may sometimes be days or weeks after, depending on how long the event lasted and how severe it was.
___
It is not necessary to have a “psychosocial” background in order to offer PFA. However, if you want to help in crisis settings, we recommend that you work through an organization or community group. If you act on your own, you may put yourself at risk, it may have a negative effect on coordination efforts, and you are unlikely to be able to link affected people with the resources and support they need.
Source:
Psychological first aid: Guide for field workers © World Health Organization 2011
The guide is available for download here: https://iris.who.int/server/api/core/bitstreams/e7e129fb-b306-496d-84a5-67bb70abc130/content
मनोवैज्ञानिक प्राथमिक सहायता (Psychological First Aid) को परिचय
मनोवैज्ञानिक प्राथमा राघवन (PhD) सँग कार्यशाला
यी कार्यशालाहरू फोटोग्राफर, पत्रकार, स्वयंसेवक, फिल्ड कर्मचारी तथा नेपालमा हालै आएको भोटेकोशी बाढी विपद्पछि मनोसामाजिक सहयोग आवश्यक पर्ने प्रभावित व्यक्ति तथा परिवारहरुसंग संलग्न भएर सहयोग गरिरहेका वा सहयोग गर्न तयारी गरिरहेका सबैका लागि आयोजना गरिएको हो ।
कार्यशाला निःशुल्क र सबैका लागि खुला छन्। नेपाली र अंग्रेजी दुवै भाषामा सञ्चालन हुनेछ।
बुधबार, सेप्टेम्बर २, २०२६ / भाद्र १७, २०८३
सत्र १ (प्रत्यक्ष उपस्थितिमा)
समय: बिहान १०:०० बजेदेखि दिउँसो १:०० बजेसम्म (३ घण्टा)
स्थान: फोटो.सर्कल पुस्तकालय, द येलो हाउस, सानेपा, ललितपुर
सत्र २ (अनलाइन)
समय: दिउँसो ४:०० बजेदेखि ६:०० बजेसम्म (२ घण्टा)
जुम लिङ्क उपलब्ध गराइनेछ।
यहाँ दर्ता गर्नुहोस्: https://forms.gle/vZRXm2vvbqC3T1aW6
मनोवैज्ञानिक प्राथमिक सहायता भनेको के हो?
मनोवैज्ञानिक प्राथमिक सहायता (PFA) भनेको कुनै कठिन वा पीडादायी अवस्थाबाट गुज्रिरहेको व्यक्तिलाई मानवीय रूपमा साथ र सहयोग गर्नु हो।
PFA अन्तर्गत हामीले:
» आवश्यक पर्दा व्यावहारिक रूपमा साथ र सहयोग गर्ने, तर व्यक्तिलाई असहज नबनाउने।
» व्यक्तिलाई अहिले के-कस्तो सहयोग चाहिएको छ भनेर बुझ्ने।
» खाना, पानी र आवश्यक सूचना जस्ता आधारभूत आवश्यकताहरू पूरा गर्न सहयोग गर्ने।
» व्यक्तिको कुरा सुन्ने, तर आफ्नो कुरा सुनाउन वा घटना बताउन दबाब नदिने।
» सान्त्वना दिने र केही सहज तथा शान्त महसुस गर्न सहयोग गर्ने।
» आवश्यक सूचना, सेवा र सहयोग पाउने ठाउँ वा व्यक्तिसँग जोड्न सहयोग गर्ने।
» व्यक्तिलाई थप समस्या वा क्षति हुनबाट जोगाउने।
___
मनोवैज्ञानिक प्राथमिक सहायता भनेको के होइन?
» यो काम मनोवैज्ञानिक वा अन्य कुनै पेशागत व्यक्तिले मात्र गर्नुपर्छ भन्ने होइन।
» यो पेशागत मनोवैज्ञानिक परामर्श होइन।
» यो “मनोवैज्ञानिक घटना-पश्चात् छलफल” पनि होइन। PFA मा व्यक्तिलाई पीडा दिएको घटनाबारे विस्तृत रूपमा कुरा गराउन आवश्यक हुँदैन।
» व्यक्तिलाई आफूलाई के भयो भनेर विश्लेषण गर्न वा घटनाहरूलाई क्रम मिलाएर सुनाउन लगाउने होइन।
» व्यक्तिको कुरा सुन्न तयार रहनु PFA को एउटा महत्त्वपूर्ण भाग हो। तर, उसलाई आफ्ना भावना वा घटनाप्रतिको प्रतिक्रिया बताउन दबाब दिनु हुँदैन।
___
सहजकर्ताको बारेमा
प्रथमा राघवन विकासात्मक मनोवैज्ञानिक तथा मनोचिकित्सक हुनुहुन्छ। उहाँसँग यस क्षेत्रमा काम गरेको १७ वर्षभन्दा लामो अनुभव छ। उहाँले अपाङ्गता र मानसिक स्वास्थ्य, बाल्यकाल तथा किशोरावस्था, विपद् र द्वन्द्वपछिका अवस्थामा विद्यालय तथा समुदायमा मानसिक स्वास्थ्य, व्यक्तिगत तथा सामूहिक हेरचाह, सामाजिक न्याय र मानसिक आघातलाई ध्यानमा राखेर गरिने अभ्यासका क्षेत्रमा काम गर्दै आउनुभएको छ।
उहाँले कथामा आधारित अभ्यास (Narrative Practices) र शरीरमा आधारित अभ्यास (Somatic Practices) सम्बन्धी तालिम लिनुभएको छ। साथै, उहाँ Eye Movement Desensitisation and Reprocessing (EMDR) सम्बन्धी अभ्यासकर्ता पनि हुनुहुन्छ। उहाँले एसियाका विभिन्न देशहरूमा द्वन्द्व, शरणार्थी सङ्कट तथा विपद्पछिका परिस्थितिहरूमा मानवीय सहयोगअन्तर्गत मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्नुभएको छ। उहाँको काम र जीवन कथामा आधारित तथा शरीरमा आधारित अभ्यास, अपाङ्गता न्याय (Disability Justice), न्युरोडाइभर्सिटी (Neurodiversity) र रूपान्तरणकारी न्याय (Transformative Justice) का सिद्धान्तबाट निर्देशित छन्। उहाँले फ्रान्सको Université Paul-Valéry बाट स्नातकोत्तर र विद्यावारिधि (PhD) गर्नुभएको छ (२०१२)। साथै, भारतको हैदराबादस्थित Osmania University बाट पनि मनोविज्ञानमा स्नातकोत्तर गर्नुभएको छ।
___
मनोवैज्ञानिक प्राथमिक सहायता (PFA) कहिले प्रदान गरिन्छ?
कुनै विपद् वा कठिन घटना भएपछि मानिसहरूलाई लामो समयसम्म सहयोग आवश्यक पर्न सक्छ। तर, PFA विशेषगरी भर्खरै कुनै सङ्कट वा विपद्बाट प्रभावित भएका मानिसहरूलाई तत्काल साथ र सहयोग दिनका लागि हो।
धेरै दुःखी वा तनावमा रहेको व्यक्तिसँग पहिलोपटक भेट हुँदा पनि PFA दिन सकिन्छ। सामान्यतया यो घटना भइरहेका बेला वा घटना भएको तुरुन्तैपछि गरिन्छ। तर, घटना कति लामो समयसम्म चल्यो र कति गम्भीर थियो भन्ने आधारमा केही दिन वा हप्तापछि पनि यस्तो सहयोग आवश्यक पर्न सक्छ।
PFA दिनका लागि “मनोसामाजिक” क्षेत्रमा विशेष पृष्ठभूमि वा तालिम भएको व्यक्ति नै हुनुपर्छ भन्ने छैन।
तर, सङ्कट वा विपद्को अवस्थामा सहयोग गर्न चाहनुहुन्छ भने कुनै संस्था वा सामुदायिक समूहसँग मिलेर काम गर्नु राम्रो हुन्छ।
एक्लै गएर सहयोग गर्न खोज्दा तपाईं स्वयं जोखिममा पर्न सक्नुहुन्छ। यसले अन्य सहयोगी तथा संस्थाहरूसँगको समन्वयमा पनि समस्या ल्याउन सक्छ। साथै, प्रभावित व्यक्तिलाई आवश्यक पर्ने स्रोत, सेवा र सहयोगसँग जोड्न पनि कठिन हुन सक्छ।
___
स्रोत:
Psychological First Aid: Guide for Field Workers © World Health Organization 2011
यो मार्गदर्शिका यहाँबाट डाउनलोड गर्न सकिन्छ।
https://iris.who.int/server/api/core/bitstreams/e7e129fb-b306-496d-84a5-67bb70abc130/content
